नेकपा (एमाले)का नेता तथा स्थायी कमिटीका सदस्य शङ्कर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरे पनि त्यसअनुसार कार्य नगरेको बताउनुभएको छ ।
नेकपा (एमाले) घोराही नगर कमिटीले विसं २०५४ सालको स्थानीय निकायमा आफ्ना पार्टीबाट निर्वाचित प्रतिनिधिको सम्मान कार्यक्रममा आज उहाँले सरकारले निर्वाचनका लागि कानुन निर्माण तथा स्थानीय तह पुनसंरचना आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको बताउनुभयो ।
नेता पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टीका रुपमा विजय गराउने गरी लाग्नसमेत कार्यर्तालाई निर्देशन दिनुभयो । त्यसका लागि स्थानीयस्तरसम्म पुगेर जनताको भावना वुझेर अगाडि बढनुपर्ने उहाँको सुझाव थियो ।
सो अवसरमा २०५४ सालको स्थानीय चुनावमा घोराही नगरमा विजयी भएका अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । रासस
–––––––