प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटव्युरो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ । फागुन ४ र ५ गते सम्म चल्ने पोलिटव्युरो बैठकले नेकपा एमालेको भावी रणनीति तय गर्ने एक नेताले जानकारी दिए । आज १ बजेदेखि सुरु भएको बैठक अध्यक्ष के.पी. शर्मा ओलीले प्रस्तुत गर्नु भएको प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिती, फागुन २१ गते देखि हुन लागेको मेची महाकाली अभियान, सरकारका गतिविधी र निर्वाचन सम्बन्धी धारणा तय गर्ने नेता किरण गुरुङ्गले जानकारी दिए । मेची महाकाली राष्ट्रिय जनअभियानलाई सशक्त पार्न पार्टीका कार्यकर्ता, महाहत कमिटी, जनवर्गिय संगठनहरु र आमजनसमुदायलाई अपील गर्दै पोलिटव्युरो बैठक भोली ५ गते सकिने छ ।