आज विहान बसेको माओवादी केन्द्रको पोलिटव्युरो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरुसँग कुराकानी भएको र कुराकानी सकारात्मक निष्कर्षमा पुगेको बताएका छन् । मोर्चाले संविधान संशोधन प्रस्तावमा आलोचनात्मक समर्थन गर्ने र पास फेल जे भएपनि चुनावमा सहभागी हुने प्रतिबद्धता जनाएको छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चासँग सहमति भएको दाबी गरेका छन् । तर नेकपा एमालले संविधान संशोधनको प्रस्तावको विपक्षमा उभिने र कडा प्रतिवाद गर्ने जनाइसकेको छ । संविधान संशोधन प्रस्तावको सिमाङ्कन हेरफेर जस्ता विषयको संक्रमणकालिन सरकारले गर्नै नसक्ने एमालेको ठहरा छ । यो प्रायोजित विदेशी डिजाइनमा बनेको सरकारले राष्ट्रहित विपरित काम गर्ने भएकाले सम्पुर्ण नेता कार्यकर्तालाई आउने परिस्थितीको सामना गर्न तत्पर भएर बस्न एमाले अध्यक्ष एवम् पुर्वप्रधामन्त्री केपी शर्मा ओलीले दिनु भएको छ ।
जसरी पनि सरकारबाट हट्नुपर्ने अवस्था आउने देखेपछि प्रचण्ड थप आक्रोशित र मुलुकलाई द्वन्द्वमा धकेल्ने खतरा देखिएको छ । जातिय राज्यको दश प्रदेशको प्रस्ताव सहित संशोधन प्रस्ताव जसरी भएपनि पास गराउन लागि परेका छन् तर यो सम्भावना छैन। प्रचण्ड अस्थिरतामा खेलीरहने मुलुकलाई द्वन्दमा फसाइरहने र त्यसमा आफ्नो भुमिका खोजिरहने माओवादी एक नेताले बताए । उनको यस्तो प्रबृत्ति प्रचण्डका लागि मात्र हैन यो देशकै लागि दुखद् हो ।