सरकारले संसंदमा संविधान संशोधन विधयेक प्रस्ताव दर्ता पछि प्रमुख प्रतिपक्षी एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायत दलले संसद अवरुद्ध गर्दै आइरहेका छन् । देश टुक्राउने खालको यो संशोधन प्रस्ताव फिर्ता नहुन्जेल सदन अवरुद्ध गर्ने र आन्दोलनलाई कडा बनाउँदै लाजे प्रमुख प्रतिपक्षी दल नीती अनूरुप आज सदन अवरुद्ध भएको छ । संसद चल्नसाथ विशेष समय लिएर बोलेकी नेमकिपा की सांसद अनुराधा थापाले भारतीय राजदुतले देश टुक्राउने गतिविधिमा लागेको र सोही अनुसार यो प्रस्ताव आएको भन्दै भारतिय राजदुत लाई फिर्ता पठाउनु पर्ने बताएकी छिन् । भारतिय गुप्तचर संस्था “रअ”को इशारामा ५ नम्बर प्रदेश टुक्राउने खेल शुरु भएको आरोप लगायकी छन् । “रअ”ले संशोधन प्रस्ताव पारित गर्न रंजित रायलाई दवाव दिइसकेको पनि उनले बताइन् । भारतलाई कश्मिरमा अलग देश बनाउ भनेर हामीले दबाव दिएमा भारतलाई स्वीकार्य हुन्छ ? उनले प्रश्न तेर्साइन् ।
“रअ” का प्रमुख काठमाण्डौमा बसेर राजनितिक दललाई मिलाउने र फुटाउने योजना बनाइराखेको छ । एमाललेलाई पनि विभाजन गराउने षडयन्त्र भइराखेको भन्ने जानकारी आफुले पाएको पनि बताइन् । थापाले नेपालको आन्तरिक मामिलामा विदेशीलाई गुहार्ने नेतालाई कारबाही गर्न पनि विधयेक ल्याउनु पर्ने माग गरिन् सरकारले ल्याएको यो संशोधन विधयेक “राष्ट्रघाती” भएको आरोप लगाइन् ।