क्युवाको पुर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलको निधन भएको छ । उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि आफ्ना भाई राहुललाई पदभार सुम्पेका थिए । उनी अमेरिकाका कट्टर आलोचक मानिन्थ्ये । सोही कारण लामो समय सम्म अमेरिकाले क्युवा माथि नाकाबन्दी गरेको थियो । फिडेलले आफ्ना विरोधी लाई प्रमुख निशाना बनाउथे । तर उनी देश र जनताका लागि प्रिय नेता मानिन्थे । उनको निधन प्रति नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिडेल क्यास्ट्रोललाई क्रुर तानाशाहीको संज्ञा दिएका छन् । ९० बर्षको उमेरमा उनको निधन भएको छ । आउँदो शनिवार उनको अन्त्येष्टी गर्ने क्युवाली सरकारले जनाएको छ ।