पुर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीलाई राष्ट्रले बुझ्न नसकेको बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सोमवार काठमाण्डौमा आयोजना गरेको पुर्व फुटबल खेलाडीहरुको भेलामा ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफु फुटबल खेलाडी नभएपनि आफुलाई सबैभन्दा मनपर्ने खेल फुटबल भएको उल्लेख गर्दै “फुटबलमा” पनि ठुलो घेरा तोडेर गोल गरिन्छ त्यसैगरी राजनीतिमा पनि ठुलो घेरा तोडेरै गोल गर्नुपर्छ । यी दुवै राष्ट्र र जनताको खुसी र समृद्धिका लागि खेलिन्छ । तर राजनीतिमा केही गलत खेलाडीका कारण नकारात्मक हुँदै गएको छ ।
कार्यक्रममा पुर्व फुटबल खेलाडीहरु राजेश मानन्धर, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरि खड्का, निराजन रायमाझी, कृष्ण थापा लगायतका थुप्रै खेलाडीहरुको उपस्थिती रहेको थियो ।