व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । साना दलले बुझाएको ज्ञापनपत्रमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था हटाउन तथा साना दललाई पनि ठुला पार्टी सरह सेवा सुविधाको व्यवस्था गर्न माग गरेका छन् । सो ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले अन्य दलसँग छलफल गरेर मात्रै आफुले निर्णयमा पुग्ने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।