‘कुलिङ पिरियड’ को त्रुटि राष्ट्रियसभाबाट सच्याइनेछ : सभामुख घिमिरे
काठमाडौं । संघीय निजामती सेवा ऐनमा ‘कुलिङ पिरियड’ सम्बन्धी भएको हेरफेरबारे चर्किएको विवादका बीच सभामुख देवराज घिमिरेले हाल देखिएको त्रुटि राष्ट्रियसभाबाट संशोधन गरिने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संसदीय मामिलाका पत्रकारहरूसँग कुराकानी गर्दै उनले समितिबाट जस्तो प्रस्ताव आएको थियो,