नेम्वाङको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति : पूर्व राष्ट्रपति भण्डारी
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छन् । उनले सामाजिक