सरकार संविधान मास्ने दिशातर्फ अघि बढ्दैछ, एकपटक जुर्मुराउनुपर्ने अवस्था आएको छ : प्रचण्ड
काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको