विराटनगर । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरमा भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान प्रचण्ड र नेपाल विराटनगरस्थित कोइराला निवास पुगेर डा. कोइरालासँग भेट गरेका हुन्।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम तथा राष्ट्रिय राजनीतिका विभिन्न विषयमा छलफल भएको डा. कोइरालाको निजी सचिवालयले जनाएको छ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार तीनै नेताबीच वर्तमान राजनीतिक परिस्थिति र समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो।




















