भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने
काठमाडौं, साउन २२ । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिश्रीको काठमाडौं भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत यात्राको तयारीका सन्दर्भमा हुन लागेको