भट्टसम्बद्ध कम्पनीमा लगानीबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : पार्टीले गर्ने निर्णय मान्ने र आवश्यक सहयोग गर्ने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा आफ्नो लगानीबारे स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो नाम जोडेर फैलाइएका हल्ला तथ्यभन्दा टाढा रहेको दाबी गर्दै सेयर लगानी लुकाइएको भन्ने आरोप अस्वीकार गरेका