ढल्केबरमै ट्रमा सेन्टर बन्ने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने भएको छ। स्थानीयवासीले आन्दोलन चर्काएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको योजना यथावत् अघि बढ्ने स्पष्ट पारेकी हुन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री मेहताले नयाँ संरचना