लिङ्देन–राणा विवादमा ज्ञानेन्द्र शाहीको आक्रोश, ‘जुट्ने बेला फुट्ने खेल किन ?’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाबीच देखिएको विवादप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले पार्टी नेतृत्वबीचको शक्ति संघर्ष र आरोप–प्रत्यारोपप्रति आक्रोश व्यक्त गरेका हुन्।