आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि मुद्दा चलाउन गरेको सिफारिस विषाक्त, पूर्वाग्रही र प्रतिशोधपूर्ण : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री तथा सुरक्षा निकायका