एमाले कास्कीमा खगराज समूहको बर्चश्व, अध्यक्षमा क्षेत्री निर्वाचित
पोखरा । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समुहका हुन् । क्षेत्रीले ५५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए ।