प्रतिनिधिसभाको बैठक बस्न ढिलाई
काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरुण हुन सकेको छैन । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ ।