प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जनाइएको हो ।