प्रधानमन्त्री देउवा र एमाले नेता रावलबीच तीव्र जुहारीः एकअर्कालाई दिमाग खुस्केको आरोप
काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता भीम रावलबीच जुहारी चलेको छ । जुहारी यति उत्कर्षमा पुगेको छ कि दुवैले एकअर्कालाई ‘दिमाग खुस्केको’ आरोप लगाएका छन्