आजै विश्वासको मत लिनुहुँदै प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकबाटै विश्वासको मत लिनुहुने भएको छ । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकबाटै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लाग्नुभएको हो