ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
काठमाडौँ । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो । कतिपय सांसद भने सभामुखको सिटमा पनि चढे ।