फ्रान्सले भन्यो, ‘गाजास्थित अस्पतालमा हमला असैह्य छ’
पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन ।