अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप गाजा पु-यायो
काठमाडौँ । अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि गरेको छ । अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन् । उनले भनेका छन्- ‘गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई मद्दत गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ ।