लुम्बिनीको वृहत्तर विकास गरिने : मन्त्री भट्टराई
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताउनुभयो ।