धौलागिरि चक्रीय पदमार्गको यात्रा सहज बन्दै
म्याग्दी । म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्षअघि सम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो