शक्तिपीठमा भौतिक दूरी कायम गर्दै दर्शन
काठमाडौँ । चैत्र शुक्ल अष्टमीमा मनाइने चैते दशैँका अवसरमा काठमाडौँ उपत्यकाका शक्तिपीठमा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम राखी भक्तजनलाई दर्शन गराइएको छ । कोरोना जोखिम नभएको बेलाजस्तो भक्तजन मन्दिरमा गएका छैनन् । गएका भक्तजन पनि मास्क लगाई भौतिक दूरी