मार्चमा एक लाख २८ हजार विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौँ । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डले गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको जानकारी दिएको छ ।