गहुँ लगाउने क्षेत्रफल घट्दै
चितवन, जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहँु लगाइएको छ ।