“देशमा व्याप्त सबैखाले सिण्डिकेटको अन्त्य र सामाजिकअपराध नियन्त्रण नगरेसम्म मुलुकको विकास र समृद्धि असम्भव छ ।” : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापा(बादल)ले मुलुक विकासका निम्ति सुशासन अपरिहार्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आइपुग्नुभएका गृहमन्त्री थापाले पत्रकारहरुसँगको भेटघाटमा यो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा प्रभाव पर्नेगरी