विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड
इनरुवा, सुनसरीमा विद्यार्थी भर्ना अभियान– २०७५ सम्बन्धी सरोकारवालाको एक दिने समीक्षात्मक कार्यशाला बुधबार सम्पन्न भएको छ । जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा अपांगता भएका र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउनका लागि अभियानलाई प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले बताएका छन् ।