फिदिममा खानेपानीको अभाव
फिदिम, पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको पाइपलाइन भीरको टाकुरामा खुस्किएपछि फिदिममा खानेपानीको अभाव भएको छ । आयोजनाको फिदिम नगरपालिका–१ नाम्दु खोलास्थित छङछङे झरना छेउभीरको टाकुरामा डिआइ पाइपको जोड्नी (कब्लिङ) खुस्किएपछि खानेपानीको प्रवाह अवरुद्ध भएको हो ।