क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु
सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो । उहाँ यही जेठ ९ गते भारतको मुम्बइबाट आउनुभएको थियो ।