काठमाडौं उपत्यकामा थपिए १३४ संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार काठमाडौंमा १ सय १० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।