घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी
महोत्तरी । महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आँगनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन् । तिहारअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ ।