स्वास्थ्य सेवा प्रभावकारी बनाउन गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण
बैतडी, स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ । गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति सेवा केन्द्रमा सोलार सेट वितरण गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले