बर्दियामा बाघले आक्रमण गर्दा महिलाको मृत्यु
गुलरिया । बर्दियामा आइतबार बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका-७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो। ठाकुरबाबा नगरपालिका-६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका