रुकुम पश्चिमबाट दाङ आउँदै गरेको हाइस दुर्घटना, दुईजनाको मृत्यु, १३ जना घाइते
तुलसीपुर । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ