आजको मौसमः तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने तथा हिमालमा हिमपात हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।