काठमाडौंको काँडाघारीबाट ११ वर्षिय बालकको अपहरण
काठमाडौंको काँडाघारीबाट एक बालकको अपहरण भएको छ। अपहरणकारीले परिवारसँग ५० लाख फिरौती मागेका छन्। ११ वर्षिय बालक निशान खड्का हराइरहेकोमा फिरौती माग भएपछि अपहरण भएको खुलेको हो। उनी आइतबार बेलुकादेखि फरार थिए। सोमबार बिहान परिवारका सदस्यलाई फोन गरेर फिरौती मागिएको थियो।