काङ्ग्रेसमा एकता नचाहनेहरु परास्त भएका छन् : सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताउनुभएको छ । महासमिति बैठकको समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले महासमिति बैठकमा पेश भएका पाँचै प्रतिवेदन सर्वसम्मत पारित भएको बताउनुभयो ।