काठमाडौँको सिनामंगलको एक गेष्ट हाउसमा पुरुष र महिला मृत फेला
काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन् । शुक्रबार सिनामंगल स्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।