चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ : उपराष्ट्रपति
काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेट गर्नुभएको छ । बहादुरभवनस्थित कार्यालयमा भएको भेटमा उपराष्ट्रपति पुनले नेपाल–चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको