राष्ट्रिय यातायात नीति संशोधन हुँदै
काठमाडौँ, सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको छ । नीति पुरानो र समयानुकूल नभएकाले संशोधन गर्न लागिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो