माछापुच्छ्रे बैंकले सजिलै अष्ट्रेलियन डलर दिने
काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री गर्न सुरु गरेको छ । अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरी ग्राहकहरुलाई सटही सुविधा प्रदान गरेको हो