गति लिँदै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग
काठमाडौँ । कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पाेरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आगामी मङ्सिर ९ गतेबाट खन्न थालिने भएको छ ।