एनसीसी बैंकद्वारा टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग
काठमाडौं । एनसीसी बैंकले प्रदेश नं. ३, काठमाडौंको टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । टिच फर नेपाललाई सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शिता बृद्धि गर्नको निम्ति सहयोग गरिएको बैंकले जनाएको छ ।