सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । सुनचाँदीको भाउ बढेको छ । बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।