सिंगटी हाइड्रो इनर्जीको साधारण सभा फागुन १ गते
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन १ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले लगानीकर्ताहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । सिंगटीले १/१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।