बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोड बढीको क्षति
जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्याएको हो ।